गरीब को हेरिदिने यो देशमा कोहिछैन भनेझै काठमाडौंको असन क्षेत्रमा जीविकोपार्जनका लागि संघर्ष गरिरहेका दुई मजदुरको ज्यान गएको छ । मृत्यु हुनेमा दोलखाका ५४ वर्षीय पुरनबहादुर थामी र अर्का ३५ वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार उनीहरु दैनिक मजदुरी गर्दै जिविका चलाउने गर्थे ।
प्रहरी जनसम्पर्क प्रमुख डीएसपी भेसराज रिजालका अनुसार उनीहरु दैनिक ज्याला मजदुरी गर्ने र राति सार्वजनिक स्थलमा सुत्ने गरेको पाइन्छ । शुक्रबार राति दुवै जना आसनस्थित मन्दिर परिसरमा अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो ।
तर, अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ । मृतक थामीका परिवारले अन्तिम संस्कारका लागि उनको शव दाबी गरेका छन् । अपरिचित व्यक्तिको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने उनको पहिचान खुल्न आएको छ ।
Leave a Reply