Ratopiro Khabar

सत्य र सहि संचार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा

Spread the love

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्, उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष लाउन्जमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले  स्वागत गरेका छन् ।सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले श्रद्धाञ्जली अर्पण गरेको थियो ।

भ्रमणको पहिलो दिन महासचिव गुटेरेसले राष्ट्रपति  र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले उनको  शिष्टाचार भेटको बारेमा जानकारी गराएको थियो।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भेटवार्ता गर्ने भएका छन् । उनले उपप्रधानमन्त्री पूरणबहादुर खड्का र नारायणकाजी श्रेष्ठका साथै परराष्ट्रमन्त्री साउदसँग पनि छुट्टाछुट्टै छलफल गर्ने बताइएको छ । भेटघाटपछि उनले पाटन दरबार स्क्वायरको ऐतिहासिक तथा पुरातात्विक स्थलको भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री दाहालले आइतबार साँझ महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रम र रात्रिभोजको आयोजना गर्नेछन् । आफ्नो यात्रा कार्यक्रममा उनले सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गर्नेछन् ।

आगामी मंगलबार अपराह्न ४ बजे उनले संसद सचिवालयमा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घका महासचिवको जिम्मेवारी सम्हालेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुनेछ । झण्डै १५ वर्षपछि नेपालमा संयुक्त राष्ट्रका महासचिवको प्रमुख उपस्थिति रहेको यस भ्रमणले कूटनीतिक महत्व राखेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *