मंसिर ७ दुर्गा प्रसाईं र महेश बस्नेतमा कस्ले जित्यो ?

Spread the love

आज बुधबार मंसिर ७  दुईवटा बहुचर्चित  प्रदर्शन सम्पन्न भएभएका छन् । उद्यमी दुर्गा प्रसाईंले ‘नागरिक संरक्षण अभियान’ को  विरोध र नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठनले गर्ने भनेको बहुचर्चित प्रदर्शन भएको छ । खासगरी मंसिर ७ गते के हुन्छ ?’ भन्ने  प्रश्न’को पनि अन्त्य भएको छ ।

 प्रसाईं र नेकपाका नेता तथा युवा इन्चार्ज महेश बस्नेतबीच भएको मौखिक झडपले धेरै प्रश्नहरू जन्माएको थियो र त्येसको  निष्कर्ष निस्किएको  छ।

धेरैले प्रसाई र बस्नेतबीचको सम्भावित झडपलाई ‘खतरनाक टकराव’ भनेर लेबल लगाएका थिए। यही जोखिमलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले दुवै समूहलाई प्रदर्शन गर्न छुट्टाछुट्टै क्षेत्र तोकेको थियो । उनीहरुले यो व्यवस्थाको पालना गरे र सोही अनुसार आन्दोलन गरे ।

शान्ति कायम गर्ने प्रयास भए पनि प्रदर्शनका क्रममा बल्खुमा झडप भएको छ । प्रसाईंका समर्थक र युवा संघका कार्यकर्ताबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।

 प्रसाईंका आक्रोशित समर्थकले सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ मार्च गर्न खोज्दा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको थियो । त्यसपछि दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडप जारी रह्यो ।

युवा संगठनको प्रदर्शन सापेक्षिक शान्त रह्यो । पार्टीको आन्तरिक विवादका कारण पार्टीका नेताहरू प्रायः अनुपस्थित रहे पनि कार्यकर्ता भने राम्रो सङ्ख्यामा उपस्थित थिए ।

तुलनात्मक रूपमा युवा संघको प्रदर्शन र प्रसाईंको आन्दोलनलाई हेर्दा दुर्गा प्रसाईंलाई आजको आन्दोलनले फईदा पुगेको प्रष्ट हुन्छ । प्रदर्शनको समग्र शान्तिपूर्ण प्रकृतिको बावजुद, प्रसाईले भनेभन्दा उपस्थिति कमजोर थियो। यद्यपि उनले आन्दोलनको लागि आह्वान गरे जुन एउटा व्यक्तिले यति धेरै व्यक्तिको साथ साथ सहयोग दिए यो सबै भन्दा विचर गर्ने कुरा छ ।नेपाली राजनीतिमा आफ्नो लागि ठाउँ बनाउन प्रसाईलाई प्रदर्शनले सहयोगी साबित भएको छ ।

तर, युवा संघको प्रदर्शन राजनीतिक रूपमा र जनमानसका दृष्टिले हानिकारक भएको देखिन्छ । युवा संगठनको आन्दोलन, राजनीतिक परिप्रेक्ष्यमा, ‘ब्याकफायर’ तत्वहरूको साथ कमजोर देखिन्छ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP