देशलाई युवा चाहिदैन ? देश खालि हुदै

Spread the love

 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार विगत दुई वर्षमा झण्डै १४ लाख युवा नेपालीले वैदेशिक रोजगारी खोजेका छन् । जसमा १,२८०,१६२ पुरुष र १,२१,६६२ महिला छन्। वैदेशिक रोजगारीका लागि युवा पलायनको यो बृद्धिले नेपाली युवाहरुको विदेशमा अवसर र नेपाल मा राजनितिक दलले युवाका लागि देशमा अवसर सिर्जना गर्न नसकेको देखाउ छ।

तथ्यांकलाई हर्ने हो भने आर्थिक वर्ष २०७९/८० (२०२२/२०२३) मा ७ लाख १२ हजार ७ सय २७ युवाले वैदेशिक रोजगारीको खोजीमा नेपाल छाडेका छन् । जसमा ६९९,१९३ पुरुष र १३,५३४ महिला छन्। अघिल्लो आर्थिक वर्ष २०७८/७९ (२०२१/२०२२) मा ५९९,९६९ पुरुष र ३०,१२८ महिला गरी ६३०,०९७ युवा विदेश गएका थिए। यी संख्याहरूले नेपालबाट विदेशमा युवाहरूको बड्दो पलायनलाई देखाउछ।

नेपाली युवाहरुको रोजाइका देशहरू:

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि मुख्य गन्तव्य खाडीका देशहरू, विशेषगरी साउदी अरेबिया र कतार, त्यसपछि मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) हुन्। करिब ८०% नेपाली आप्रवासी कामदार यी खाडी देशहरूमा जान्छन्। विगत पाँच वर्षमा, १४ लाख भन्दा बढी व्यक्तिहरू (नयाँ अनुमोदनहरू मात्र) विभिन्न खाडी र मलेसियाली गन्तव्यहरूमा गएका छन् ।

साउदी अरबमा विगत पाँच वर्षभित्र करिब ३ लाख ६१ हजार ६६७ नेपाली कामदार बसाइँ सरेका छन् जसमा ३ लाख ३० हजार पुरुष र ३१ हजार ६६७ महिला छन् । कतार नेपाली आप्रवासी कामदारका लागि पनि महत्वपूर्ण गन्तव्य बनेको छ र सोही अवधिमा ३ लाख ३० हजार ६ सय ९६ जनाले त्यहाँ पुगेका छन् जसमा ३ लाख ४५ हजार ५६९ पुरुष र २६,१२७ महिला छन् ।

मलेसियाले करिब २ लाख ६१ हजार ६६८ नेपाली कामदार भित्र्याएको छ जसमा अधिकांश पुरुष छन् । यसबाहेक, सोही अवधिमा, १,८९,६६७ व्यक्तिहरूले संयुक्त अरब इमिरेट्स (युएई) जान रोजेका छन्, जसमा महिलाको तुलनामा पुरुषको अनुपात बढी छ।

नया गन्तव्य युरिप :

पछिल्लो समय नेपाली युवाहरूले वैदेशिक रोजगारीका लागि युरोपेली देशलाई आफ्नो गन्तव्यको रूपमा रोज्ने क्रम बढ्दो क्रममा रहेको छ । साइप्रस, पोल्याण्ड, रोमानिया, माल्टा र पोर्चुगल जस्ता देशहरू राम्रो कामको अवस्था, उच्च ज्याला, र परिवारका सदस्यहरू सँगै ल्याउने अवसरका कारण आकर्षक विकल्प बनेका छन्।

साइप्रसले गत पाँच वर्षमा १२,९९६ नेपाली कामदारको आगमन देखेको छ, जसमध्ये हालैको आर्थिक वर्षमा ६,६८७ आएका छन्। त्यस्तै पोल्याण्डमा २४ हजार ६३६, रोमानियामा २४ हजार ६३४, माल्टामा १० हजार ५३६ र पोर्चुगलमा ४ हजार ९५२ नेपाली कामदार गतका छन् ।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि यी युरोपेली देशहरूसँग द्विपक्षीय सम्झौता नगरे पनि धेरै नेपाली कामदारहरूले ती राष्ट्रहरूमा अनुकूल श्रम कानूनको फाइदा उठाउँदै म्यानपावर एजेन्सी वा निजी व्यवस्था मार्फत रोजगारी पाउन सफल भएका छन्।

संक्षेपमा, सरकारी तथ्याङ्कले वैदेशिक रोजगारी खोज्ने नेपाली युवाहरूको बढ्दो छन् भन्ने देखाउ छ । खाडी देशहरू प्राथमिक गन्तव्यहरू रहन्छन्, तर अधिक अनुकूल काम गर्ने अवस्था र गिरिन् कार्डको अवसरहरूको कारणले युरोपेली देशहरूतर्फ उल्लेखनीय जाले चलनमा परिवर्तन भएको छ। यी प्रवासी ढाँचाहरूले विदेशमा राम्रो जीविकोपार्जनको खोजीमा नेपाली युवाहरूले सामना गरिरहेका निरन्तर चुनौती र अवसरहरूलाई झल्काउँछ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP