गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा पराजित समुहले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । बद्री केशीको नेतृत्वलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा कार्यसमिति भएको छ । उनीहरुले आधिकारिक समिति भएको दाबी गरेका छन् ।यो सगै अब NRNA दुई टुक्रामा विभाजन भएको छ ।बद्री केशीको नेतृत्वलाई आरके शर्माको नेतृत्वले अस्वीकार गर्दै नयाँ कार्यसमिति गठन गरेको हो
समानान्तर कार्यसमितिमा डा केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यापाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केशी उपाध्यक्ष छन् । यसबाहेक महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासीद छन् ।
महासचिवमा बुद्धिसागर सुवेदी र उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । सचिवमा लोकप्रसाद दाहाल, कृष्णजीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला रहेका छन् ।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना र सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुस्लिमन, सीपी पौडेल र कृष्ण तिम्सिना रहेका छन् ।
त्यसैगरी संस्थाको महिला सचिवमा विमला सापकोटा, महिला सहायक कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी र महिला संयोजकमा देविका केशी गुरुङ छन् ।
शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका दुई उम्मेदवार शर्मा र महेशकुमार श्रेष्ठले ११औँ महाधिवेशनबाट हुने नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका थिए । उनीहरुले १५ दिनभित्र चुनावी नतिजामा कुनै विसंगति भएमा छानबिन गर्न सहमत भएका छन् । यदि अनुसन्धानले अन्यथा प्रमाणित गर्छ भने, उनीहरूले नेतृत्व स्वीकार गर्नेछन्। उनीहरुले सहमत पक्षले सम्झौता तोडेको र छानबिन नगरेको आरोप लगाएका छन् । सम्मेलनमा अध्यक्ष उम्मेदवार शर्माले पारदर्शिता र निष्पक्षताको खाँचोमा जोड दिँदै अन्तिम निर्णयका लागि सूचना प्रविधि विशेषज्ञ नियुक्त गर्न सुझाव दिए । गल्ती नगरे सपथ लिनुपर्ने अवस्था नरहेको पनि उनले दाबी गरे । उनले एनआरएनएलाई समावेशीता, एकता र बलियो बनाउने उद्देश्यले गैरआवासीय नेपाली संगठन भएको बताए । अर्कोतर्फ महेशकुमार श्रेष्ठले सपथ ग्रहणमा सीमित समूहले एकतर्फी रूपमा काम गरेको आरोप लगाए ।
Leave a Reply