जापानमा ७.६ म्याग्निच्युडको शक्तिसालि भूकम्प गएको छ ।भूकम्पको केन्द्र इसिकावा प्रान्तको नोटो क्षेत्र भएको जनाएको छ ।स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पपछि सुनामी आउनसक्ने र पानीको सतह पाँच मिटरसम्म पुग्न सक्ने जापानको सार्वजनिक प्रसारक एनएचके टिभीले उल्लेख गरेको छ ।जापानको तटीय क्षेत्रमा केन्द्रविन्दु रहेको तीन सय किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने जनाएको छ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सुनामीले क्षति पुर्याउनसक्ने क्षेत्रका बासिन्दालाई खाली गर्न आह्वान गरेका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रमा सुनामीको चेतावनी प्रवाह गरिएको बताएको छ।
Leave a Reply