दुई टुक्रा भयो NRNA,आर.के शर्माको नेतृत्वमा समानान्तर समिति घोषणा

Spread the love

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा पराजित समुहले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । बद्री केशीको नेतृत्वलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा कार्यसमिति भएको छ । उनीहरुले आधिकारिक समिति भएको दाबी गरेका छन् ।यो सगै अब NRNA दुई टुक्रामा विभाजन भएको छ ।बद्री केशीको नेतृत्वलाई आरके शर्माको नेतृत्वले अस्वीकार गर्दै नयाँ कार्यसमिति गठन गरेको हो

समानान्तर कार्यसमितिमा डा केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यापाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केशी उपाध्यक्ष छन् । यसबाहेक महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासीद छन् ।

महासचिवमा बुद्धिसागर सुवेदी र उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । सचिवमा लोकप्रसाद दाहाल, कृष्णजीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला रहेका छन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना र सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुस्लिमन, सीपी पौडेल र कृष्ण तिम्सिना रहेका छन् ।

त्यसैगरी संस्थाको महिला सचिवमा विमला सापकोटा, महिला सहायक कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी र महिला संयोजकमा देविका केशी गुरुङ छन् ।

शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका दुई उम्मेदवार शर्मा र महेशकुमार श्रेष्ठले ११औँ महाधिवेशनबाट हुने नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका थिए । उनीहरुले १५ दिनभित्र चुनावी नतिजामा कुनै विसंगति भएमा छानबिन गर्न सहमत भएका छन् । यदि अनुसन्धानले अन्यथा प्रमाणित गर्छ भने, उनीहरूले नेतृत्व स्वीकार गर्नेछन्। उनीहरुले सहमत पक्षले सम्झौता तोडेको र छानबिन नगरेको आरोप लगाएका छन् । सम्मेलनमा अध्यक्ष उम्मेदवार शर्माले पारदर्शिता र निष्पक्षताको खाँचोमा जोड दिँदै अन्तिम निर्णयका लागि सूचना प्रविधि विशेषज्ञ नियुक्त गर्न सुझाव दिए । गल्ती नगरे सपथ लिनुपर्ने अवस्था नरहेको पनि उनले दाबी गरे । उनले एनआरएनएलाई समावेशीता, एकता र बलियो बनाउने उद्देश्यले गैरआवासीय नेपाली संगठन भएको बताए । अर्कोतर्फ महेशकुमार श्रेष्ठले सपथ ग्रहणमा सीमित समूहले एकतर्फी रूपमा काम गरेको आरोप लगाए ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP