पोखरामा नेपालको सबैभन्दा ठूलो बाइक रेस हुने

Spread the love

 नेपाल मोटर स्पोर्ट्स (नासा) र भैरव–४६ मोटर स्पोर्ट्स टोली आगामी मंसिर ८ र ९ गते हुने ‘फिस्टेल रेसिङ कप २०२३’ को तयारीमा जुटेका छन् । यो रोमाञ्चक कार्यक्रमले नेपालको पहिलो र सबैभन्दा ठूलो बाइक रेस पोखरा रंगशालामा आयोजना हुनेछ।

इटालियन रेसिङ टिम भैरव–४६ मोटर स्पोर्ट्सका नेपाल शाखाका निर्देशक माइकल थापाका अनुसार दौडमा करिब एक सय बाइकरको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा १५० सीसीदेखि ६०० सीसीसम्मको इन्जिन क्षमताका दुई श्रेणीका बाइकहरू राखिनेछन् । यी विधाका विजेताले नगद पुरस्कारसहित ट्रफी, मेडलसहित प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगदस प्राप्त गर्नेछन्  र तीनैजनाले अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागी हुने अवसरसमेत पाउनेछन्।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP