Ratopiro Khabar

सत्य र सहि संचार

नेपाल यमनसँग २–० गोलले पराजित

Spread the love

विश्वकप छनोट फुटबलको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाली टोली यमनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । तर, प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालले दुई गोल खायो । नेपालका लागि ७२ औं मिनेटमा यमनका खेलाडी ओमर अल दाहीले उत्कृष्ट गोल गरे ।

त्यसपछि खेलको  इन्जुरी टाइमको  पहिलो मिनेटको नेपालले दोस्रो गोल खायो । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाह अल दाहीले गरे । फिफाको पछिल्लो वरियतामा यमन १५६औँ स्थानमा छ भने नेपाल १७३औँ स्थानमा छ ।

सन् २०२६ को विश्वकपको एसियाली क्षेत्रका लागि छनोट चरणमा नेपाल समुह एच मा छ भने नेपालले संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र यमनसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपाल  युएईसँग ४–० ले पराजित भएको थियो । यमनसँगको खेल नेपालको समूहमा पहिलो अवे खेल थियो । समूह एचमा दुई खेलपछि युएई एक खेलबाट तीन अंक जोडेर दोस्रो स्थानमा, एक खेलबाट तीन अंक जोडेको बहराइन दोस्रो स्थानमा, दुई खेलबाट तीन अंक जोडेको यमन तेस्रो र नेपाल शून्य अंकसहित चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *