कतारमा भएको फिफा विश्वकपमा अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले लगाएको जर्सी ठूलो मूल्यमा बिक्री भएको छ । सन् २०२२ कतारको विश्वकपको क्रममा ३६ वर्षीय मेस्सीले ६ जर्सीको सेट लिलामी गरेर कुल ७८ लाख अमेरिकी डलर (लगभग एक अर्ब ३ करोड ४८ लाख २६ हजार नेपाली रुपैयाँ) संकलन भएएको छ ।
मेस्सीले उक्त जर्सी अमेरिकाको न्यूयोर्कमा लिलामीका लागि राखेका थिए । विश्वकपमा अर्जेन्टिनाको कप्तानी गर्दै आएका मेस्सीले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटबाट जित दिलाएका थिए ।
विश्वकपको समूह चरण, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा मेस्सीले लगाएका ६ सिट जर्सी लिलामीमा गरिइको हो । लिलामीबाट यी जर्सीहरूको लागि प्राप्त रकम इतिहासमा दोस्रो-सबैभन्दा उच्च हो ।आठ पटक बालोन डी’ओर जितेका मेस्सी अहिले अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनी विश्वकपको एउटै संस्करणको समूह चरण, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एकमात्र खेलाडी हुन्। उनले कतार विश्वकपमा जम्मा सात खेल खेलेका थिए तर समूहगत चरणमा उनले दुईवटा खेलमा एउटै जर्सी प्रयोग गरेका थिए । लिलामीबाट उठेको रकमको केही अंश दुर्लभ रोगबाट पीडित बालबालिकालाई सहयोग गर्न दान गरिनेछ ।
https://youtu.be/0vcU9WAVvvE
Leave a Reply