युएईलाई हराउँदै नेपालले टी–२० विश्वकप क्रिकेटमा छनोट

Spread the love

 

मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युएईलाई हराउँदै नेपालले टी–२० विश्वकप क्रिकेटमा स्थान पक्का गरेको छ । यो जितसँगै नेपाल एसियाली क्षेत्र छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । च्याम्पियनसिपको उपाधिका लागि नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा बहराइनलाई हराउँदै ओमानले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

सन् २०२४ मा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने तय भएको टी–२० विश्वकपका लागि जारी छनोट प्रतियोगिताले दुई टोलीलाई  पुग्ने अवसर प्रदान गर्नेछ।

यसअघि सन् २०१४ मा भएको खेलमा नेपालले टी–२० विश्वकपका लागि छनोट भएको थियो। यो दोस्रो पटक हो। सेमिफाइनल खेलमा नेपालले युएईले दिएको लक्ष्यलाई सफलतापूर्वक पछ्यायो, ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन  गरे।  उनले २ छक्का र ६ चौकाको मद्दतमा ६३ रन बनाए ।टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको यूएईले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो

तेस्रो नम्बरका ब्याट्सम्यान गुलशन झाले २२ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले ११ रन जोडेर टोलीको जितमा सघाउ पुगे । कप्तान रोहित पौडेलले एक छक्का र तीन चौका सहित ३५ रन जोडेर महत्वपूर्ण भूमिका खेले ।

बलिङतर्फ नेपालका कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक–एक विकेट लिए । युएईका वृत्य अरविन्दले दुई छक्का र आठ चौका प्रहार गर्दै ६४ रन बनाएका थिए ।

अरविन्दलाई आउट गर्न कुशल मल्लले महत्वपूर्ण भूमिका खेलेका थिए र आर्यन खानलाई पनि आउट गर्न सफल भए । साथै कुशल मल्लले उत्कृष्ट स्पेल बलिङ गर्दै आफ्नो चार ओभरमा १४ रन मात्र दिए।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP