सन् २०२६ को विश्वकप फुटबलका लागि एसियाली छनोटको दोस्रो चरणमा नेपालले बुधबार पहिलो खेलमा हार बेहोरेको छ । घरेलु मैदानमा भएको समूह ‘एच’ को खेलमा नेपाललाई युएईले ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
घरेलु टोली युएईले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई पहिलो हाफमा मात्रै ४ गोलले पछि पारेको थियो । युएईका लागि खलिफा अल हमादीले सुरुवाती गोल गरे । ३७ औं मिनेटमा अली माबखाउटले पेनाल्टीमा परिणत गरे र ४४ औं मिनेटमा अर्को गोल गरे ।पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यूएईका लागि फाबियो लिमाले चौथो गोल थपेका थिए ।
दोस्रो हाफमा नेपालले केही सुधार देखाए पनि गोल गर्न सकेन । प्रतियोगिताको अर्को लेगमा नेपालले आफ्नो घरेलु मैदानमा फेरि युएईसँग खेल्नेछ । सोही समूहमा यमन र बहराइन पनि भिड्दैछन् । डिसेम्बर ५ मा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने भनिएको अर्को लेगमा नेपालले यमनसँग आफ्नो पहिलो घरेलु खेल खेल्नेछ ।
विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसविरुद्धको जितपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेपछि यो हार भएको हो ।
Leave a Reply