उठ युवा उठ
तिम्रै दाजु भाई
त्यहि आमाका छोराहरु
बुढो बाबाका बैसाखिहरु
दिदिको एक्लो माईति
बहिनिको सप्तरंगी आसाको खम्बा
छिमेकिको मियो
देशको सुनैलो भबिष्य
सपना देख्ने युवा
जसलाई तातो गोलि हानि ढाल्छ र
सत्ताको लागि बलि चढाउछ
जहा जनता लाई खुलेआम मार्दा शासकको हात काप्दैन
जहा
जसले आफ्नो सपना देख्न पाउदैन
आमाले सन्तानलाई काखमा राख्न पाउदिनन्
बाबाले हात समाउन पाउदैनन्
कसरी भनु म मेरै देशमा छु भनि
कसरी मानु म मेरै देशमा मेरो भविष्य छ भनि
कसरी बिस्वास मानै म मेरै घरमा सुरक्षित भनि
कसरी भरोसा गरु यहा जनताको लागि सरकार छ भनि
उठ युवा उठ………….














Leave a Reply