नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ विवादमा तानिएका छन्।उनले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए ।
आज बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै विभिन्न जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसदले विरोध गरेका छन्।बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धका बारेमा बोल्न नमिल्ने बताएका थिए ।साथै कतिपय सांसदले उनलाई चिन फिर्ता गर्नु पर्ने माग गरेका छन्।








