Ratopiro Khabar

सत्य र सहि संचार

भारतीय बोकेको चाटर्ड विमान मानव तस्करीको आशंका फ्रान्स सरकारको घेराबन्दीमा

Spread the love

मानव बेचबिखनको चिन्तालाई मध्यनजर गर्दै फ्रान्सले भारतबाट ३०३ भारतीय यात्रु बोकेको  चार्टर्ड उडान रोकेको छ । फ्रान्सले  चार्टर्ड उडानको अवस्था र उद्देश्यको बारेमा अनुसन्धान सुरु गरेको छ। विमानबाट मानव तस्करी हुने आशंका छ  तर  हालसम्म भारतीय विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

पेरिस सरकारी वकिलको कार्यालयले सीमा सुरक्षा र उड्डयनसँग सम्बन्धित निकायसँग संगठित अपराध इकाईले अनुसन्धान गरिरहेको खुलासा गरेको छ । सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ भने विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ । दुबई (संयुक्त अरब इमिरेट्स) बाट प्रस्थान गरेको उक्त विमान बिहीबार दिउँसो प्राविधिक स्टप (इन्फ्युलिङ) को लागि बेजियर्स क्याप डी’एग्डे विमानस्थलमा अवतरण गरेको थियो। यो एयरपोर्ट पेरिसको लगभग १५० किलोमिटर पूर्वमा अवस्थित छ । विमानस्थल प्रशासनले पूर्ण रुपमा घेराबन्दी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *