Ratopiro Khabar

सत्य र सहि संचार

इजरायल र हमास बिच युद्धविराम, पहिलो चरणमा ५० बन्दी रिहा गर्ने

Spread the love

इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका कैदीहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलले तत्कालका लागि बन्दी रिहा गर्नका लागि युद्धविराम गर्न सहमति जनाएको छ । इजरायली सरकारका अनुसार हमासले चार दिनभित्र ५० बन्दी रिहा गर्ने छ ।

हमासले थप कैदीहरूलाई रिहा गरेपछि इजरायलले युद्धविराम अझै केही दिन लम्बिने संकेत गरेको छ। इजरायली सरकारको एक विज्ञप्तिमा भनिएको छ, यदि थप १० कैदीलाई रिहा गरियो भने, युद्धविराम  लम्बाइनेछ ।

इजरायल र हमासबीच कैदी रिहा गर्ने विषयमा कतारले मध्यस्थता गर्दै आएको छ । कतारले यसअघि हमासका चार बन्दी रिहा गर्न मध्यस्थता गरेको थियो। सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायलसमक्ष सम्झौताको प्रस्ताव पेश गरेका थिए। त्यसपछि, इजरायली मन्त्रिपरिषद् बैठकले प्रस्तावित सम्झौतालाई अनुमोदन गर्यो।

बन्दीहरुलाई कहिले रिहा गर्ने भन्ने विस्तृत विवरण भने दिइएको छैन । सीएनएनका अनुसार पहिलो चरणमा बालबालिका र महिलासहित तीन अमेरिकी नागरिकलाई हमासले रिहा गर्ने छ । अमेरिकी अधिकारीहरूले पनि इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताएका छन्।

कैदीहरूलाई रिहा गर्ने विषय इजरायल र हमासबीच विवादास्पद मुद्दा बनेको छ। कतारको मध्यस्थता प्रयासले वार्तालाई सहज बनाउन र दुई पक्षबीच सहमतिमा पुग्न महत्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *