हमाससँग युद्धविरामको वार्तापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बाँकी रहेका बन्दीहरूको रिहाइ सुरक्षित गर्न सैन्य कारबाही जारी राख्नुपर्नेमा जोड दिएका छन्। हमाससँग शत्रुताको अन्त्यको बारेमा छलफलमा संलग्न भए पनि, नेतान्याहूले कतारमा रहेका युद्धविरामको वार्ता टोलिलाई देश फर्कन निर्देशन दिएका छन र बाँकी कैदीहरूलाई मुक्त गर्न गाजामा इजरायली अपरेशन तेज पार्ने बताए।
एक साता लामो युद्धविरामको समापनसँगै शुक्रबार २४ विदेशी नागरिकसहित ११० थुनामा रहेकालाई रिहा गरिएको छ । नेतन्याहुले गाजामा हमास र अन्य लडाकु गुटहरूले अझै लगभग १३५ व्यक्तिहरूलाई बन्दी बनाए । इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता लाखै बम र रकेटले आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले युद्ध सुरू भएदेखि १५५०० जनाको मृत्यु भएको र मृत्यु हुनेमा ७५% बालबालिका, महिला र वृद्धवृद्धाहरू भएको रिपोट जारी गरेको छ।
Leave a Reply