नेपाल सुपर लिगको खेलतालिका सार्वजनिक

Spread the love

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको फुटबल प्रतियोगिताको औपचारिक घोषणा भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)ले सोमबार उक्त घोषणा गरेको हो ।

NSL को दोस्रो संस्करण मंसिर ८ देखि पुष  १४ सम्म हुनेछ। एनएसईएमका निर्देशक श्रेयांश कार्कीले विज्ञप्ति जारी गर्दै विराटनगर सिटी दोस्रो संस्करणमा सहभागी नहुने निर्णय गरेको पुष्टि गरेका छन् ।

प्रतियोगितामा पहिलो संस्करणमा विराटनगरसहित ७ टोलीको सहभागिता रहेको थियो । तर, दोस्रो संस्करणका लागि झापा एफसी, स्पोर्टिङ इलाम डी–मासी र वीरगन्ज युनाइटेडसहित तीन नयाँ टोली थपिएका छन्, जसमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम समयमा विराटनगर सिटीले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेको आयोजकले जनाएको छ ।

अब प्रतियोगितामा पूर्व च्याम्पियन काठमाडौं रेन्जर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर, एफसी चितवन र बुटवल लुम्बिनी एफसी गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । आर्थिक अभावका कारण आयोजकले एनएसएलको दोस्रो संस्करणका खेलहरु अघिल्लो संस्करण जस्तै काठमाडौंमा मात्रै आयोजना गर्ने निर्णय गरेको हो

 उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्दै एनएसएलको दोस्रो संस्करणको सुरुवात पूर्व च्याम्पियन काठमाडौं र नयाँ टोली इलामबीचको खेलबाट हुनेछ । प्रतियोगितामा लिग खेल  ३६ र ४ प्लेअफ खेल गरी जम्मा ४० खेल हुनेछन्। फाइनल खेल पुष  १४ मा हुने गरी ६ वटा डबल हेडर म्याचडे हुने आयोजकले बताएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP