युएईलाई हराउँदै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्यो

Spread the love

नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर,  खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका देवको कीर्तिमानी शतकमा नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८० रन बनाएको हो । नेपालका लागि उत्तम थापामगरले ५७ र ओपनर अर्जुन कुमालले ५५ रनको महत्वपूर्ण इनिङ खेले । दीपक डुम्रेले २८ रनको योगदान गरे ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP