नेपालको फेरि पनि ब्याटिङमा समस्या,फाइनलमा युएईसग नेपाल ४ विकेटले पराजित

Spread the love

 

आयोजक नेपाल शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा युएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर १६२ रनको लक्ष्य दिएको थियो । सामान्य रनको लक्ष्य पछ्याएको युएईले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर १६३ रनको लक्ष्य हासिल गरेको थियो ।

युएईको जितमा कप्तान मोहम्मद उस्मानले ४५ रनको योगदान दिए । टोलीका लागि वृत्य अरविन्दले २६ रन जोडे भने अर्का ओपनर आर्यन शर्माले २५ रन जोडे । बासिल हमिदले अविजित २२ रन र अयान अफजल खानले अविजित ५ रन जोडे ।

नेपालका बलर गुल्सन झा र अविनाश बोहराले समान २–२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए । नेपाली टोलीका मध्यक्रमका ब्याट्सम्यानले फाइनलमा खासै प्रभाव पार्न सकेनन् । नेपाली बलरले पनि सुरुवाती विकेट लिएर युएईलाई बलियो सुरुवात गराए ।

युएईले आफ्नो पहिलो विकेट ओपनर मोहम्मद उस्मानको रुपमा गुमायो, जसलाई ४५ रनमा गुलशन झाले आउट गरेका थिए । उस्मानले आउट हुनुअघि मात्र २२ बल खेले र दुई छक्का र सात चौका प्रहार गरे। उनी आउट हुँदा युएईले ६.४ ओभरमा ७१ रन बनाएको थियो ।

युएईले पनि आफ्नो दोस्रो विकेट गुमाए, ओपनर आर्यन शर्माले २६ बलमा २५ रन बनाए । उनी सन्दीप जोराको बलिङमा कुशल मल्लले कैच आउट भए । आर्यन शर्मा आउट हुँदा युएईले ९.३ ओभरमा ८५ रन बनाएको थियो ।

व्यक्तिगत ७ रन बनाएका आसिफ खान क्याच आउट भएपछि युएईले तेस्रो विकेट गुमाएको थियो । उनले ६ बलको इनिङ्समा छक्का प्रहार गरे । उनलाई गुलशन झा र अविनाश बोहराले मिलेर आउट गरेका थिए । यसबेला युएईले १०.५ ओभरमा ९४ रन बनाएको थियो ।

अली सरफु १३ रनमा आउट भएपछि युएईले चौथो विकेट गुमाएको थियो । उनले १३ बलको इनिङ्समा दुई चौका प्रहार गरे। अविनाश बोहराले विकेट लिएपछि युएईले १४.३ ओभरमा १२० रन बनाएको थियो ।

वृत्य अरविन्द २६ रनमा आउट भएपछि युएईले आफ्नो पाँचौं विकेट गुमाएको थियो । उनले आफ्नो २५ बलको इनिङ्समा तीन चौका प्रहार गरे भने दीपेन्द्र सिंह ऐरीको हातमा कैच हुन पुगे । वृत्य आउट हुँदा युएईले १५.४ ओभरमा १२७ रन बनाएको थियो ।

अली नासिरले व्यक्तिगत ११ रन बनाएपछि युएईले छैटौं विकेट गुमाएको थियो । गुलसन झाले बोल्ड हुनुअघि उनले नौ बलको सामना गरे र एक चौका प्रहार गरे। अली नासिर आउट हुँदा युएईले १६.१ ओभरमा १४३ रन बनाएको थियो

१६३ रनको लक्ष्य पछ्याएको यूएईले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। २ बलमा २ रन आवश्यक पर्दा बसिल हामिदले करण केसीको बलमा छक्का प्रहार गर्दै यूएईलाई उपाधि जिताए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले आफ्नो इनिङ्समा आठ विकेट गुमाएर १६२ रन बनाएको थियो । अन्तिम ओभरमा नेपालले  दुई रन मात्र जोड्न सकेको थियो

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १६२ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए। करण केसी २३ रनमा अविजित रहे । दीपेन्द्र सिंह ऐरीले २० र कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए। सोमपाल कामी १३ र सन्दीप जोराले १० रनमा आउट भए ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP