नेपालमा जारी आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो ।
सिंगापुरले १ सय ४६ रनको लक्ष्य दिएको थियो तर नेपालले कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर सहजै जित हासिल गरेको छ । त्यसअघि नेपालका बलरहरूले सिंगापुरलाई २० ओभरमा १४५ रनमा सीमित गरेपछि नेपालका लागि कुशल भुर्तेलले ८ चौका र २ छक्कासहित ७४ रनको योगदान दिएका थिए।
कप्तान रोहित कुमार पौडेलले ३५ रन जोडे भने आसिफ शेखले २७ रन जोडे । अर्कोतर्फ कुशल मल्ल ६ रनमा अविजित रहे । सिंगापुरका लागि अनन्था कृष्णा र अक्षय पुरीले १–१ विकेट लिए ।
सिंगापुरको इनिङ्समा निर्धारित २० ओभरमा १४५ रन जोड्दै ९ विकेट गुमाएको थियो । सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यमान चौधरीले ३७ रनको योगदान दिए ।
नेपालका बलर अविनाश बोहरा (३ विकेट), करण केसी, सन्दीप लामिछाने र गुलशन झा (२/२ विकेट) ले सिंगापुरको इनिङ्सलाई सीमित बनाउन महत्वपूर्ण भूमिका खेले ।
Leave a Reply