आइसीसी टी–२० विश्वकप एसियाली छनोट, नेपालको सहज जित सगै सुरुवात

Spread the love

नेपालमा  जारी आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो ।

सिंगापुरले १ सय ४६ रनको लक्ष्य दिएको थियो तर नेपालले कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर सहजै जित हासिल गरेको छ । त्यसअघि नेपालका बलरहरूले सिंगापुरलाई २० ओभरमा १४५ रनमा सीमित गरेपछि नेपालका लागि कुशल भुर्तेलले ८ चौका र २ छक्कासहित ७४ रनको योगदान दिएका थिए।

कप्तान रोहित कुमार पौडेलले ३५ रन जोडे भने आसिफ शेखले २७ रन जोडे । अर्कोतर्फ कुशल मल्ल ६ रनमा अविजित रहे । सिंगापुरका लागि अनन्था कृष्णा र अक्षय पुरीले १–१ विकेट लिए ।

सिंगापुरको इनिङ्समा निर्धारित २० ओभरमा १४५ रन जोड्दै ९ विकेट गुमाएको थियो । सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यमान चौधरीले ३७ रनको योगदान दिए ।

नेपालका बलर अविनाश बोहरा (३ विकेट), करण केसी, सन्दीप लामिछाने र गुलशन झा (२/२ विकेट) ले सिंगापुरको इनिङ्सलाई सीमित बनाउन महत्वपूर्ण भूमिका खेले ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP