Ratopiro Khabar

सत्य र सहि संचार

सन्दीप बिना नेपाली टोलीको घोषणा

Spread the love

    नेपाल क्रिकेट संघले नेपाल, हङकङ र युएईसँगको त्रिकोणात्मक सिरिजका लागि नेपालको अन्तिम टोलीको घोषणा गरेको छ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा १८ सदस्यीय टोलीमा ललित राजवंशी फर्किएका छन् । चोटका कारण १९ औं एसियाली खेलकुदमा सहभागी हुन नसकेपनि चार साताको आरामपछि उनले पुनरागमन गरेका हुन् ।

यस्तै, लोकेश बम, श्याम ढाकाल र सूर्य तामाङ पनि टोलीमा फर्किएका छन् । यद्यपि, सन्दीप लामिछानेले व्यक्तिगत कारणले भाग नलिने निर्णय गरेकाले टोलीमा  अनुपस्थित छन्।

नेपालले आफ्नो पहिलो खेल अक्टोबर १ मा युएईसँग र दोस्रो खेल अक्टोबर २ मा हङकङसँग खेल्नेछ ।दोस्रो चरणको खेल अक्टोबर ४ मा हङकङ र ६ अक्टोबरमा युएईसँग हुनेछ ।

शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्, जुन अक्टोबर १० मा निर्धारित छ।

नेपाली टोली:

कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम । , सूर्य तामाङ र श्याम (मौसम) ढकाल ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *