नेपाल क्रिकेट संघले नेपाल, हङकङ र युएईसँगको त्रिकोणात्मक सिरिजका लागि नेपालको अन्तिम टोलीको घोषणा गरेको छ ।
कप्तान रोहित पौडेलको नेतृत्वमा १८ सदस्यीय टोलीमा ललित राजवंशी फर्किएका छन् । चोटका कारण १९ औं एसियाली खेलकुदमा सहभागी हुन नसकेपनि चार साताको आरामपछि उनले पुनरागमन गरेका हुन् ।
यस्तै, लोकेश बम, श्याम ढाकाल र सूर्य तामाङ पनि टोलीमा फर्किएका छन् । यद्यपि, सन्दीप लामिछानेले व्यक्तिगत कारणले भाग नलिने निर्णय गरेकाले टोलीमा अनुपस्थित छन्।
नेपालले आफ्नो पहिलो खेल अक्टोबर १ मा युएईसँग र दोस्रो खेल अक्टोबर २ मा हङकङसँग खेल्नेछ ।दोस्रो चरणको खेल अक्टोबर ४ मा हङकङ र ६ अक्टोबरमा युएईसँग हुनेछ ।
शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्, जुन अक्टोबर १० मा निर्धारित छ।
Leave a Reply