Ratopiro Khabar

सत्य र सहि संचार

विदेशबाट नेपाल फर्कने यात्रुले सुन कति ल्याउन पाउछन त विना भन्सार ?

Spread the love

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्थाः
१. सुनको गहना सम्बन्धमाः
क) महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।
ख) पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।
ग) एकजना व्यक्तिले (महसुल तिर्नु नपर्ने महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँछ ।
घ) गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने ।
२. मोबाइल सम्बन्धमाः
क) विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।
ख) श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछ । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।
३. टेलिभिजन सम्बन्धमाः
क) श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।
ख) तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टिलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।
ग) माथि( क) र (ख) बाहेकको अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *