Ratopiro Khabar

सत्य र सहि संचार

कुटिए फेरि चिकित्सक, फेरि कतिदिन बन्दहुनेहुन अस्पताल ?

Spread the love

   पोखाराको मणिपाल शिक्षण अस्पतालमा एक बिरामीको मृत्यु पछि अस्पतालमा  तनाव बढेको छ। चिकित्सकहरूको लापरबाहीले बिरामीको मृत्युभएको भन्दै आफन्तले अस्पतालमाका चिकित्सक माथि  आक्रमण गरेका छन।

 मृतकका परिवारका अनुसार, उनको मृत्युमा  चिकित्सकको लापरबाहीको कारण भएको रहेको भन्दै चिकित्सक माथि नै हातपात गरेका हुन।

बिरामीलाई ढाड दुख्ने र रक्तचापमा कमी भएपछि, उनलाई सोमबार बिहान आइसियूमा सारिएको थियो, बिरामीका आफन्त र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भइरहेको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए तर अस्पताल प्रशासनले घटनाबारे औपचारिक जानकारी दिएको छैन। केही दिन अघि मकवानपुरको हेटौँडामा एक मृत्युको घटनामा दुई चिकित्सकमाथि बिरामीको आफन्तले कुटपिट गर्दा देशैभरका चिकित्सक आन्दोलित भएका थिए र एक महिनाअघि मृत्यु भएको घटनामा मृतकका आफन्त ड्युटीमा रहेका दुई चिकित्सकमाथि निर्घात कुटपिट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *