गाजामा मृत्यु हुनेको सङ्ख्या ७ हजार भन्दा धेरै, जसमा ४० प्रतिशतभन्दा बढी बालबालिका

Spread the love

गाजामा इजरायली सेनाले गरेको आक्रमणमा हमासले ७,३२६ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ,जसमा मृत्यु हुनेमा 40% बालबालिका छन्। यो द्वन्द्व अक्टोबर ७ मा सुरु भएको थियो ।

गाजामा हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार  यस द्वन्द्वमा १८ हजार ४८२ जना घाइते भएका छन् र तीमध्ये धेरै बालबालिका रहेका छन्।

विश्व स्वास्थ्य संगठनले गाजामा झण्डै एक हजार व्यक्तिलाई तत्काल डायलासिस गर्नुपर्ने र करिब २ हजार क्यान्सरका बिरामीलाई तत्काल उपचार आवश्यक रहेको बताएको छ । तर, चलिरहेको द्वन्द्वका कारण इन्धन आपूर्ति अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित भएको छ ।अक्टोबर ७ मा हमास लडाकुले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासि आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सिमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । २०० भन्दा बढी व्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दाबी इजरायली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन।

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP