Ratopiro Khabar

सत्य र सहि संचार

मेस्सीको जादुमय दुई गोलले अर्जेन्टिना विजय

Spread the love

 कप्तान लियोनल मेस्सीको जादुमय दुई गोलको सहयोगमा अर्जेन्टिनाले बुधबार फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनोट खेलमा पेरुलाई २–० ले पराजित गरेको छ ।

यो सन् २०२६ फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार चौथो जित हो। पेरुको एस्टाडियो नासियोनल डे लिमामा भएको खेलको ३२औं र ४२औँ मिनेटमा मेस्सीले गोल गरेका थिए । यो नतिजासँगै अर्जेन्टिनाले चार खेलबाट १२ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, पेरुले चार खेलबाट एक अंक मात्र जोडेको छ र हाल नवौं स्थानमा छ।

मेस्सी विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा सर्वाधिक ३१ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । उरुग्वेका लुइस स्वारेज २९ गोलसहित दोस्रो स्थानमा छन् । अर्को खेलमा पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले उरुग्वेलाई २–० ले हराएको थियो भने ४२ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । चार खेल पछि, उरुग्वे र ब्राजिल दुबैले सात अंक जोडेका छन्, उरुग्वे गोल भिन्नताको आधारमा दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *