नेपालले हङकङलाई सजिलै हरायो

Spread the love

 त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई सजिलै हराएको छ ।शनिबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो । २१४ रनको लक्ष्य पछ्याएको हङकङले २०  ओभरमा  खेलेर १३४ रन बनायो ।

हङकङका लागि अन्श्या रथले ४५ र एजाज खानले २५ रनको योगदान दिए । नेपालका बलर करण केसी, सोमपाल कामी, ललित राजवंशीले २/२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसीले १/१ विकेट  लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । नेपालको ब्याटिङलाई कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले ए, जसले विस्फोटक इनिङ्स खेले । कुशलले ४१ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै ९२ रन जोडे भने दीपेन्द्र सिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५७ रन बनाए । आसिफ शेखले २०, कप्तान रोहित कुमार पौडेलले ११, सोमपाल कामीले ८ र कुशल भुर्तेलले २ रन जोडे । सन्दीप जोरा र गुलशन झा १–१ रन बनाएर अविजित रहे ।

हङकङका लागि हारुन अरशद र मोहम्मद गजानफरले २–२ विकेट लिए ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP