गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु

Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीलाई नागरिकता वितरणको पहल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता प्रदान गरेका हुन् ।

आचार्यले पहाडी जिल्ला पर्वतबाट असोज २८ गते नागरिकता लिएका थिए । उनलाई प्रधानमन्त्रीसहित  जिल्लाका प्रमुख जिल्ला अधिकारीले नागरिकता दिएका हुन् । गत जेठमा नागरिकता ऐनमा संशोधन भएसँगै गैरआवासीय नेपालीले पनि नागरिकता पाउने भएका छन् ।

नागरिकता पाएपछि भगवान, देश र जनताको नाममा शपथ लिनेछन् । आज नागरिकता दिने क्रममा प्रचण्डले गैरआवासीय नेपालीले कानुनी व्यवस्था हुँदाहुँदै पनि नागरिकता पाउनमा भोग्नुपरेको चुनौतीको उल्लेख गर्दै अथक प्रयासबाट महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा जोड दिए ।

“अब करिब पचास लाख गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने अवसर पाउनेछन्, यो महत्वपूर्ण उपलब्धि हो,” प्रधानमन्त्री प्रचण्डले भने ।

सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोड सपैयाँ पुर्याएको छ । यो परिवर्तनले गैरआवासीय नेपालीहरूका लागि दोस्रो बजारमा लगानीको अवसर खोल्छ। साथै, सामाजिक सुरक्षा कोषमा योगदानमा आधारित वैदेशिक रोजगारीका लागि कानुनी रूपरेखा निर्माण गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसलाई ऐतिहासिक घटना भएको बताएका छन् ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP