पाकिस्तानलको खराब प्रदसन जारी , अस्ट्रेलियासँग ६२ रनले पराजित

Spread the love

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानलको खराब प्रदसन जारी छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा शुक्रबार भएको खेलमा पाकिस्तान अस्ट्रेलियासँग ६२ रनले पराजित भएको हो ।

खेलमा अष्ट्रेलियाले ३६८ रनको लक्ष्य दिएको थियो तर पाकिस्तानले ४५.३ ओभरमा ३०५ रन मात्र बनाउन सकेन । पाकिस्तानका ओपनिङ जोडी इमाम उल हक र अब्दुल्लाह शफिकले क्रमशः ७० र ६४ रन बनाएर पाकिस्तानलाई पहिलो विकेटका लागि १३४ रनको साझेदारी गर्दै बलियो सुरुवात गराए। यद्यपि, पाकिस्तानले आफ्नो गतिलाई कायम राख्न सकेन र बाँकी ब्याट्सम्यानले महत्वपूर्ण योगदान दिन संघर्ष गरे, लक्ष्यमा पुग्न सकेनन्।

उनको इनिङ्समा मोहम्मद रिजवानले ४६, साउद शकीलले ३०, इफ्तिखार अहमदले २६, कप्तान बाबर आजमले १८, मोहम्मद नवाजले १४ र शाहीन शाह अफ्रिदीले १० रन जोडे ।

अष्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए भने प्याट कमिन्स र मार्कस स्टोइनिसले २/२ विकेट लिए । त्यस्तै मिचेल स्टार्क र जोस हेजलउडले एक एक विकेट लिए ।

यसअघि आफ्नो इनिङ्समा नौ विकेट गुमाउँदै अष्ट्रेलियाले निर्धारित ओभरमा ३ सय ६७ रन बनाउन सफल भयो । अष्ट्रेलियाका ओपनर डेभिड वार्नर र मिचेल मार्सले क्रमशः १६३ र १२१ रनको साझेदारी गर्दै पहिलो विकेटका लागि २५९ रनको साझेदारी गरे । मार्कस स्टोइनिसले २१ र जोस इन्ग्लिसले १३ रनको योगदान दिए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले पाँच विकेट लिए भने ह्यारिस रउफ र उस्मान मिरले क्रमशः तीन र एक विकेट लिए ।

 

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP