भारतमा भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट विश्वकपमा पाकिस्तान अफगानिस्तानसँग पराजित भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो ।अफगानिस्तानले पाकिस्तान लाई ८ विकेटले पराजित गरेको हो । यो हर सगै पाकिस्तानलाई अब सेमिफाइनलमा जान कठिन हुनेछ ।
पाकिस्तानले जितका लागि २८३ रनको लक्ष्य दिएको थियो तर अफगानिस्तानले त्यसलाई ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफल पारेको थियो । रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानको ओपनिङ जोडीले बलियो सुरुवात गराए, गुरबाजले ६५ रन र जाद्रानले ८७ रनको योगदान दिए।
त्यसपछि रहमत शाहले ७७ रन बनाएका थिए भने कप्तान हसमतुल्लाह शाहिदीले ४८ रन जोडेर प्रमुख विपक्षी विरुद्धको खेलमा टोलीलाई जित दिलाएका थिए । पाकिस्तान जस्ता शीर्ष तहको टोलीविरुद्धको यो जित यस प्रतियोगितामा अफगानिस्तानको दोस्रो जित हो, जसको अघिल्लो खेल इङ्ल्यान्डसँग बराबरीमा सकिएको थियो। अर्कोतर्फ पाकिस्तानले दुई जितका साथ प्रतियोगिताको सुरुवात गरे पनि अहिले लगातार तीन हार बेहोरेको छ ।
यसअघिको इनिङ्समा पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाउन सफल भएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९२ बलको इनिङ्समा चार चौका र एक छक्का प्रहार गरे।
साथै ओपनर अब्दुल्लाह शफिकले ५८ रन बनाए भने शादाब खान र इफ्तिखार अहमद दुबैले ४० रन बनाए । अफगानिस्तानका युवा बलर नवीन उल हकले ३ तथा नवीन उल हकले २ विकेट लिए ।
Leave a Reply