पारस आए सचिव बनेर ,क्रिकेट संघमा अरू को को विजय भए त ?

Spread the love

 

 

 काठमाडौं, नेपाल क्रिकेट संघको सचिवमा पूर्व क्रिकेटर पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पारसले वर्तमान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ललाई पराजित गरेका हुन् ।

कुल ८५ मतदाता रहेको पारसले ४८ मत पाए भने प्रशान्तले ३७ मत पाए । पारस खड्काले वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष समेत हुन।

क्रिकेट संघका विभिन्न पदका लागि निर्वाचित अन्य प्रमुख पदाधिकारीहरूमा अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वाचित भएका छन् ।

सदस्यमध्ये कर्णाली प्रदेशबाट महिला सदस्यमा जयन्तीदेवी भट्ट निर्वाचित भएकी छन् । लुम्बिनी प्रदेशबाट श्रीधर केसी र प्रदीप मजगिया विनाविरोध सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी पाँचवटा प्रदेशबाट एक–एक प्रतिनिधि र पाँच वटा ठूला सदस्यका लागि पनि निर्वाचन भएको थियो ।

कोशी प्रदेशबाट अर्जुन पौडेलले ४७ मत प्राप्त गरी विजयी भएका छन् भने प्रदेश २ बाट माधवकुमार कर्माचार्य र मधेस प्रदेशबाट मोहम्मद दाउद अन्सारीले ४२/४२ मत प्राप्त गरी माधवकुमार कर्माचार्य विजयी भएका छन् ।

गण्डकी प्रदेशबाट सुदीप शर्माले ५२ मत प्राप्त गरी विजयी भएका छन् भने बागमती प्रदेशबाट दिवाकर घलेले ४६ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशका विक्रम बिष्टले ४९ मत प्राप्त गरी विजयी घोषित भएका छन् ।

 विधामा धीरेन्द्र साउदले ५९, दुर्गाराज पाठकले ५४, आयुष श्रेष्ठले ५१ र वीरेन्द्र चन्दले ३४ मत प्राप्त गरी आ–आफ्नो स्थानमा विजयी भएका छन् । करण महत क्षेत्री र ऋषिराम गौतमले २६/२६ मत पाएका छन् भने गोलाप्रथाबाट करण चयन भएका छन् ।यि सबै खुल्ला सदस्यमा विजय भएका हुन ।

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा निर्वाचित भएपछि पारस खड्काले देशमा क्रिकेटमा लागेर पनि आफ्नो भविष्य सुनिश्चित गर्न सक्ने वातावरण सिर्जना हुनुपर्ने र यसमा आफुले काम गर्ने इच्छा व्यक्त गरे। उनले जिल्ला र प्रादेशिक तहमा संरचना निर्माण लगायत नेपालमा क्रिकेटको भविष्य निर्माण गर्न अनुकूल वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘आज नेपाली क्रिकेटले पहिचान पाएको छ, नेपाली क्रिकेट टोली जहाँ गए पनि त्यसलाई राष्ट्रले हाम्रो टोलीका रूपमा स्वीकार गर्छ । आगामी दिनमा पनि अहिलेको नेपाली क्रिकेट टोलीले जसरी पहिचान पाओस् भन्ने मेरो कामना छ ।

खड्काको भिजनमा जिल्ला र प्रदेश भित्र क्रिकेटको प्रवर्द्धन, बलियो क्रिकेट संरचना सुनिश्चित गर्ने र नेपालमा खेलकुदको उज्ज्वल भविष्य सुनिश्चित गर्ने समावेश छ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP