आमा म पनि छोरो हुँ
दाईलाई गोलि हाने शासकले
तुवाइ दिए सपना र माहान बने शासक
आमा म पनि छोरो हुँ
कसरी पुछु तिम्रा ति आशु
कसरी भनु म पुरा गर्छु दाईका तुवाइएका सपना
जहा युवाको सपनामा गोलि ठोकि आमाको काख खोस्छ शासक
र वहादुर सम्झनछ आफुलाई
आमा म पनि छोरो हुँ
नठान तिमि एक्ली छै आमा
दाईले माथिवाट हेरेका छन् हामिलाई
नखसाल आँसु अब
नबरबराउ निद्रामा
नकुर बाटो साँझामा
तिम्रो छोरो आउदैन अब
आमा म पनि छोरो हुँ
आमा
एक दिन पकै आउछ उज्यालो दिन
जुन दिन युवाको सपनामा गोलि चल्ने छैन्
आमाको काख रित्तिने छैन्
युवालाई गोलि ठोकेर शासक आफुलाई वहादुर सम्झने छैन्
आमा म पनि छोरो हुँ
आउछ त्यो सुनैलो दिन…………….
आस नमार
हार नखाउ
न्याय पाउने छै हामि
यो छोरो मारेको छैन
आमा म पनि छोरो हुँ
आमा म पनि छोरो हुँ















Leave a Reply