प्रतिज्ञा त थियो मेरो
म यो हु भन्ने
सफलताको बिन्दु बन्ने
उजाड मरुभुमिमा
पानि ल्याउने
कोपिलालाइ फुल बनाउने
मनका गहिरा खोचहरुलाई
हिमालका टाकुरा देखाई
विजयको बाटोमा डोराउने ।
खै किन हो बेचइन छ,मन
यो मेरा मानले गुरास मा सुबास भेटिरा छैन्
जे खोजेको थिए हिजो,
त्यो ता छ म संग आज
त्यतिले मन भरिएको छैन् ।
उकालि चड्दा ओरालि खोजिरा छु
ओरालिमा उकालि
उदय नै अन्त्य लागिरा छ
अधेरिमै क्षितिज देखिरा छु
उजेलिमै लामपुछ्रे तारा ।
तन त मै संग छ
एक पुत्ला सरि
खोज्दै छु त्यो के
रोज्दै छु किन किन
तैरि रहेछु भुवा सिरि
जानालाई कहा कहा
म, फुल,फल हुदै भुवा बनि सके
किन दैडि रहेछु
हावा सगै ।
हुन खोजि रहेछु के
कहा छ त्यो मेरो गन्तब्य
किन ?
बार बार परिवर्तन बनि रहेछ
मेरो लक्ष्य
हिजो फुल्नु थियो
आज फल बनि सके
र पनि छैन बिश्राम
बन्दै गइराको छु ,अन्गिनति
परिवर्त्रत श्वरुप किन
थकाई मान्दैन र रोकिदैन किन ?
घुमिरा छ
कुमालेको चक्का जस्तै वरिपरि
बनाइरा छ उसैले नै मेरो श्वरुप थरि थरि
म त एउटा पुत्ला न हु
बनाइरा छ उसैले नै मेरो श्वरुप थरि थरि……















Leave a Reply