Ratopiro Khabar

सत्य र सहि संचार

म जे छु त्यो नै रहु

Spread the love

म यस्तै हो

एक मुठि खायो

एक सरो लगायो

मस्त सपनामा बहेलि खेल्यो

छैन म लाई आकासका तारा छुनु

छैन म लाई सुनको महल बनाउनु

बस्

जहा छु त्येहि बसु

आमाको काखमा खेल्न पाऊ

बाबा को मानको हिम्मत बन्न सकु

भाइको आटमा हैासला 

दिदिको न्यानो माइति

बहिनिको दु:ख को मलम

गाउलेको छिमेकि

छैन म लाई  गगनमा उडि विदेशी हुनु

छैन म लाई गासको लागि बास छाड्नु

 बरु

एकै गास खाउ

हरेक दु ख मा देउरालि भाकल्न पाउ

मालि गाइको गोठालो बनु 

असारमा गैरी खेतमा रोपारे 

तिजमा चेलिको मादले

भैलेनिको भैलोमा सोरठि नाचु

पुषको कठाङ्रगो़मा अगेनामा तन सेकु

बैसाखको गर्मिमा मकै छाटु

कालि खोलामा डुबुल्कि मारु

छैन म लाई  अरुलाई देखाइ आफु शुन्य हुनु

छैन म लाई अरुको खोसी आफु अरु हुनु

म म मा नै रहु

म जे छु त्यो नै रहु

एक सिन्गो म

Leave a Reply

Your email address will not be published. Required fields are marked *