Ratopiro Khabar

सत्य र सहि संचार

कविता: म लाई उ हुनु छ

Spread the love

म लाई उ हुनु छ
उडेका सपना
कापेको मन
पोखिएका चाहाना
बिसुन बलेका रहर
भकारि बाघ्नु छ
उसलाई साच्नु छ
चिनेकै छैन्
कहा छ ,
कहिले आउछ
जानेकै छैन्
कुन वाटो जान्छ
कुन घुम्तिमा आउछ
कसिएका मनका गाँठा फुकाउनु छ
शिरको भारि बिसाउनु छ
गहका आशुलाई ओत दिनु छ
देखेकै छैन खुला नयनले
भेटेकै छैन् यि मेरा पाउले
रोजेको छैन् यो मेरो मस्तिष्कले
जे छ त्यस्तै हुनु
जहा छ त्यहि हुनु
मन बाट मन छुनु
जिबनको थकान मार्ने बर पिपल वृक्ष जस्तै
बस् ,
म लाई अब उ हुनु छ
थाहा छैन
उ लाई म हुनु छ कि छैन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *