Ratopiro Khabar

सत्य र सहि संचार

कविता : सपना, सपनि मै सपनाएर

Spread the love

सपना, सपनि मै सपनाएर देखे तिमिलाई
सपना, सपनिकै अघ्यारोमा भेटे तिमिलाई
कुरेको हु तिमिलाई मैले
यि मेरा निद्रा बेचि,राति सपनिमा

सपना सपनिमा छोटो भैदियो ,
हरायै क्षणभरमै तिमि ,
विपनि विपनामा टाढा भयो ,
आएनै समिपमा
खोजु कहा कहा
माग्दै आस्रय,
यो बिरानो मा
छाति पोल्छ
देखाउ कस्लाई ?
भनु कस्लाई ?
ओखति नै खोज्दै छु म यहाँ,
सपनिकै अघ्यारोमा भेटे तिमिलाई

गोरेटो त्यो
कहा छ यो
सोधु सोधु थियो मनमा
गतिलो गलति गरे मैले आज
भेटु कहा अब मैले

आउदैन सपनि दिन मा
जाउ कहा लिन उसलाई
मानदैन यो मन हिंडन
खोज्दैनन् यि नयन अरु देख्न
छुटिएर तिमिवाट
अझै
आशा छ यसलाई आउने छ
त्यहि सपना
सपनि मै सपनाएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *